इन्द्रेणी संवाददाता
साउन ५, सल्यान
सल्यान कुपिण्डे ४ ज्यामिरेमा बोक्सी र भुत भगाउने भन्दै एक महिलालाई दिशा खुवाइएको छ । कुपिण्डे गाउँ विकास समिति वडा ५ अधेरीकी २० वर्षिया सेती परियारलाई क्रिश्चियन धर्मका पावल डल्लु सुनारले सिस्नोपानीले मरणासन्नहुने गरी यातना दिई दिशा खुवाएका हुन् ।पेट दुखेको छ भन्दै चर्चमा पुगीलाई परियारलाई पावल सुनारले बोक्सी र भुत लागेको र बोक्सी र भुत भगाउन सिस्नोले हार्नु पर्छ भन्दै यातना दिएको र अन्तिममा दिशा खुवाएको स्थानीय विष्णु नेपालीले जानकारी दिनुभयो ।

downloadआफुसँग उक्त घटनाको मोवाइलमा रेकर्ड समेत रहेको उहाँले बताउनुभयो ।
गत जेष्ठ २३ गते उक्त घटना घटेको भएपनि पिडित परियारको अवस्था नाजुक बन्दै गएपछि आज साउन ५ गते बुधमात्र मात्रै घटना सार्वजनिक भएको हो । शारिरिक यातना र दिशा खुवाएपछि पिडित परियारको मानसिक सन्तुलन विग्रिएको बुवा शितल परियारले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो छोरी पेट दुख्यो भनेर चर्चमा गइछ, पावलले तलाई भुत लागेको छ भनेर सिस्नो पानी र दिशा खुवाए छ त्यसपछि छोरी अर्ध वेहोस भएकी छ , मानसिक सन्तुलन पनि ठिक छैन् । चर्चमा सहभागिहरुले परियारलाई यातना नदिन आग्रह गरेपनि पावलले धम्की दिएको र घटना सार्वजनिक गरे परियारलाई झै यातना दिने धम्की दिएको पिडितका ससुरा बिजुली परियारले बताउनुभयो ।
क्रिचियन धर्ममा आस्था राख्ने भएकाले भगवानले ठिक पार्नु हुन्छ की भन्ने लागेर पहिले कोही बोलिएन तर बुहारीको अवस्था दिनदिनै विग्रिदै गएको सासु गंगा परियारले बताउनुभयो ।।