काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी यतिबेला निजी कारणले चर्चामा छिन् । पति आशिष गेलालका तस्वीर सामाजिक सञ्जालबाट हटाएकोदेखि अनफलो गरेसम्मको कुराले उनलाई पछ्याइरहेको छ ।

गेलालसँगको वैवाहिक सम्बन्ध ठीकठाक नरहेको चर्चाका बीच वर्षा केही समययता मौनजस्तै छिन् । बरु चुनावमा घण्टी उम्मेदवारलाई भोट मागेकोजस्ता समाचारले उनी चर्चामा छिन् ।

पारिवारिक खटपट आएको समाचार बाहिरे पनि गत वैशाखमा अमेरिकामा बसोबास गर्दै आएका गेलाल संग विवाह गरेकी वर्षाको वैवाहिक जीवन कस्तो छ भन्ने कुरा अझै रहस्यमै छ।