इन्द्रेणी संवाददाता

काठमाडौं । आइतबार भएको निर्वाचनमा कलाकारले समेत उत्साहजनक ढंगले भाग लिए । कतिपय सेलिव्रिटीले गाउँ पुगेर मतदान गरे ।

संविधान जारी भएपछि सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको यो निर्वाचनमा सेलिव्रिटीको उत्साहजनक सहभागिता देखियो । मतदानपछि कलाकारले जनमतको कदर होस् भन्ने आशा राखेका छन् ।

गायक प्रमोद खरेल मतदान गर्न झापाको आफ्नो गाउँ कचनाकवल पुगे । सामाजिक संजालमा उनले मतदान गरेपछिको तस्वीर सेयर गरेका छन् ।

आगामी पाँचवर्षमा जुनसुकै दल सरकारमा पुगेपनि देश र जनताको हित विपरित कुनै काम नहोस् भन्ने अपेक्षा उनले राखेका छन् । स्थिर सरकार बनाएर जनमतको कदर गर्न उनको आग्रह छ ।