काठमाण्डौ, ५ साउन । दुई साताअघि निमोनिया भएपछि अस्पताल भर्ना हुनुभएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । निमोनिया भएरपछि उपचाररत कोइराला आज घर फर्किर्नुभएको हो ।

Sashanka-koiralaउपचारका क्रममा उहाँलाई केही दिनमा लागि भेन्टिलेटरमा समेत राखिएको थियो । कांग्रेस महामन्त्री सशांक कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएपछि आज ओम अस्पतालवाट उहाँलाई डिस्चार्ज गरिएको छ । उहाँ दुइ सातादेखि उपचाररत हुनुहुन्थ्यो ।

उपचारमा संलग्न चिकित्सकले उहाँलाई दिइने एन्टिवायोटिक तथा इन्जेक्सनको कोर्स सकिएको र निमोनिया समेत निको भएकोले आज डिस्चार्ज गरिएको बताएका छन् । कोइरालाको रगत र फोक्सोको एक्स–रे परिक्षण प्रतिवेदन सामान्य देखिएको छ । चिकित्सकले भने उहाँलाई दुई सातासम्म घरमै आराम गर्न सुझाएका छन् ।।