धादिङ, ५ साउन
विनाशकारी भूकम्पमा पूर्ण क्षतिमा नाम समावेश गरिएका ३ सय ४५ घरधुरी पुनः सर्वेक्षणमा छुट भन्दै असार १७ गतेदेखि बन्द भएको जोगीमारा गाउँ विकास समितिको कार्यालयमा लागेको ताला हिजोबाट खुलेको हो ।
जोगीमारा गाविसका भुकम्पमा पुर्ण क्षतिमा नाम समावेश गरिएका ३ सय ४५ घरधुरीको नाम सर्वेक्षणमा छुट भएको विरोधमा गाविसमा ताला लगाइएको थियो । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले छुट नामावली समावेश गर्ने प्रतिबद्धता जनाएपछि साउन १८ गतेदेखि कार्यालयमा लगाईएको ताला खुलेको हो ।
प्रमुख जिल्ला अधिकारी सुवेदी र पीडित पक्षबचि भएको छलफलपछि सोमबार देखि कार्यालय पुन सञ्चालनमा आएको हो ।।