काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान केन्द्रमा प्रतिनिधि राख्दा उम्मेदवारको मात्रै प्रतिनिधि राख्ने निर्णय गरेको छ ।यस अघिका निर्वाचनमा क्रियाशिल राजनीतिक दलका प्रतिनिधिहरुलाई मतदान केन्द्रमा राख्ने गरिएको थियो । प्रत्येक दलका प्रतिनिधि राख्दा मतदान केन्द्रमा भिडभाड हुने भएपछि यो पटक भने उम्मेदवारका प्रतिनिधि मात्रै राख्ने व्यवस्था गरेको हो ।

Open photo

निर्वाचन आयोगको कात्तिक २९ गते सम्पन्न बैठकबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन संसोधन सहित स्वीकृत निर्देशिका पारित गरेको थियो ।निर्देशिका अनुसार प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको लागि पहिलो हुने निर्वाचण प्रणाली बमोजिम उम्मेदवारको तर्फबाट मात्रै सम्बन्धित उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले मतदान प्रतिनिधि नियुक्त गरी राख्न सक्ने व्यवस्था गरिएको छ ।

Open photo

निर्वाचन आयोगले सबै जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा संसोधन गरेर पठाइएको निर्देशिका पठाइएको छ । सोही निर्देशिका अनुसार मात्रै मतदान केन्द्रमा प्रतिनिधि राख्न मतदान अधिकृतहरुलाई निर्देशन समेत दिइसकेको निर्वाचन आयोगका उपसचिव लक्ष्मी शर्माले जानकारी दिए ।

यो व्यवस्था अनुसार मतदान केन्द्रमा सम्बन्धित प्रदेश र संघमा उम्मेदवार नभएको राजनीतिक दलका प्रतिनिधिहरु बस्न पाउदैनन् । सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधिको आधिकारिक हस्ताक्षर भएको पत्र पेश गरेपछि मात्रै मतदान केन्द्रमा प्रतिनिधि बस्न पाउने छन् ।