नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको बताएका छन् । सत्ता गठबन्धनले काठमाडौँ क्षेत्र नं ५ ले आज चक्रपथमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले अघिल्लो सरकारले दुई पटकसम्म संसद विघटन गरेर लोकतन्त्रलाई धरापमा पारेको आरोप लगाए ।

Open photo

“विगत पाँच वर्षमा दुई तिहाइ बहुमत प्राप्त गरेको कम्युनिष्ट सरकारले संसद् विघटन गरेकाले सिङ्गो देशको विकासमा असर पर्‍यो, संविधानको रक्षा गर्दै संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको हो”, उनले भने ।

महामन्त्री थापाले जनतामा राजनीतिक दलले गरेका कार्यप्रति वितृष्णा बढ्दै गएको बताउँदै त्यसलाई बदल्ने गरी अगाडि बढ्नका लागि संसद्मा कांग्रेसका युवा उम्मेदवार प्रदीप पौडेलको खाँचो रहेको औँल्याए । उनले आगामी पाँच वर्ष कांग्रेस नेतृत्वको गठबन्धनले खेर नफाल्ने बताए ।

No description available.