नवलपरासी पश्चिममा रक्सी खाएपछि मतदान अधिकृत निलम्बनमा परेका छन्। यही मङ्सिर ४ गते हुन गइरहको निर्वाचनका लागि मतदान अधिकृतको जिम्मेवारी प्राप्त गरेका पाल्हिनन्दन गाउँपालिका पशु शाखामा कार्यरत ५६ वर्षीय पृथ्वीराज चौधरीलाई मतदान अधिकृतबाट निलम्बन गरिएको हो। उनलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ।

Open photo

नवलपरासी पश्चिम  सुनवल नगरपालिका–११, स्थित वाक्वाणी माध्यमिक विद्यालय सेमराहना मतदानस्थलमा मतदान अधिकृतको रुपमा खटिएका उनले बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझ्ने समयमा मुख्य निर्वाचन अधिकृतसँग अस्वाभाविक व्यवहार देखाई विवाद गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

Open photo

नियन्त्रणमा लिई प्रहरीले स्वास्थ्य परीक्षण गराउँदा निजले मादक पदार्थ पिएको पाइएकोले नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए।

सो मतदान स्थलमा वैकल्पिक मतदान अधिकृत नियुक्ति गरी पठाइएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। नियन्त्रणमा लिइएका मतदान अधिकृतलाई निर्वाचन आचारसंहिताले व्यवस्था गरेको सजायअनुसारको कारबाही हुने उनले बताए। रासस

No description available.