भोजपुर, ३० कार्तिक । भोजपुरमा बम विष्फोट भएको छ । बम विष्फोटबाट एक जना घाइते भएका छन् । पौवादुङमा गाउँपालिकाको तिवारी भञ्ज्याङमा गठबन्धनको चुनावी सभा भइरहेको स्थल नजिकै आज बम विस्फोट भएको हो ।

विष्फोटमा परी भोजपुरको अरूण गाउँपालिका ४ का सुमन श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । बम उनले नै बोकेको शङ्का गरिएको छ । श्रेष्ठ विप्लव कार्यकर्ता भन्ने बुझिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाइते श्रेष्ठको स्थानीय किल्निकमा उपचार भइरहेको छ । चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउदैछन् ।