इन्द्रेणी संवाददाता
दाङ, ३० कार्तिक । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभालाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालयहरु मंसिर ५ गतेसम्मका लागि बन्द हुने भएका छन् ।
उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका अनुसार जिल्ला प्रशासन कार्यालय दाङको कार्तिक ३० गतेको पत्रानुसार मंसिर १ गते देखि ४ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्न अनुरोध भएकाले उपमहानगरपालिका अन्त्र्गतका सामुदायिक र संस्थागत विद्यालयहरु मंसिर ५ गतेसम्म बन्द हुने छन् ।
जिल्ला प्रशासन कार्यालय दाङले आज नै विज्ञप्ति निकालेर मंसिर ४ गते हुने चुनावका लागि जिल्लाका केही सामुदायिक र संस्थागत विद्यालयमा मतदान स्थल/केन्द्र भएकाले त्यहाँ पालिकाअन्तर्गतका साुमदायकि र संस्थागत विद्यालयहरुमा मंसिर ४ गतेसम्म पठनपाठन बन्द गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेको थियो ।











