काठमाडौं, ३० कार्तिक । आज भएको दोस्रो खेलमा यूएईले नेपाललाई १ सय ९२ रनको लक्ष्य दिएको छ । किर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४३ ओभर २ बलमा १ सय ९१ रनमा अलआउट भयो ।

यूएईका मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतक बनाएका थिए । अलिशन शराफुले ३५ रन जोड्दा भ्रित्य अरबिन्दले २५ रन जोडे ।

नेपालका सोमपाल कामी र ललित राजवंशीले समान ३ विकेट लिए भने करन केसी, गुल्सन झा, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १ १ विकेट लिएका थिए । सोमबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो ।