घोराही, ४ साउन
दाङमा प्रहरीले जुवा खेलिरहेका पाँच जनालाई नगद रुपैयाँ सहित नियन्त्रणमा लिएको छ । घोराही नगरपालिका १० सगरमाथा टोल स्थित बेगम झरुवाको घरमा त्रिपुर ६ हापुरका दलबहादुर बुढाले जुवा खेलाई रहेको भन्ने सूचनाका आधारमा छापा मार्दा ५ जना सहित नगद २७ हजार २ सय ५५ रुपैयाँ सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । tas

पक्राउ पर्नेहरुमा त्रिपुर ६ का गणेश बुढा, ताराबहादुर वाठा मगर, ऋषिराज बोहरा, विक्रम बोहरा र जिवराज रावत रहेका छन् । सामाजिक अपराध बिरुद्ध विषेश प्रहरी कार्वाही अन्तरगत जुवा नियन्त्रण अभियानमा उनिहरुलाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभएको छ ।

उनिहरुलाई आबस्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यस अघि पनि प्रहरीले पटक पटक जुवाडे सहित लाखौ रकम नियन्त्रणमा लिदै आएको छ ।।