अभिनेता प्रदीप खड्काले भारतको ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ अवार्ड जितेका छन्। उनले उक्त फेस्टिभलमा डेब्यू अभिनेताको अवार्ड जितेका हुन्। आइतबार राती सम्पन्न फेस्टिभलमा प्रदीपले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणबाट फिचर फिल्म तर्फ डेब्यु अभिनेताको अवार्ड उचालेका हुन्।

Open photo

प्रदीपले अवार्ड पाएको खुशी सामाजिवक सञ्जाल मार्फत बाँडेका छन्। फेसबुकमा अवार्ड उचालेको तस्बिर शेयर गर्दै आयोजकलाई धन्यवाद दिएका छन्।

Open photo

यहि अवार्ड कार्यक्रमका लागि प्रदीप र सोही फिल्मका निर्देशश सन्तोष सेन भारत पुगेका थिए। नेपाल र भारतमा एकसाथ प्रदर्शन भएको यो फिल्मले ३९ करोड कमाएको निर्माताको दाबी छ।

No description available.