काठमाडौँ । युट्युब, फेसबुक र टिकटकका ‘भाइरल म्यान’ भेलु बाजे नेकपा (एमाले)का युवा नेता सूर्य थापाकाे चुनावी प्रचारमा देखिएका छन्। उनी प्यूठान जिल्लाकाे एउटा चुनावी सभामा उम्मेदवार थापासँगै भेटिएका हुन्।
यता एमाले अध्यक्ष केपी ओलीले गठबन्धनभित्रका दलहरूले छुट्टाछुट्टै घोषणापत्र ल्याएर जनता अल्मल्याएको बताएका छन्। उनले देशको भाग्य, भविष्य फैसला गर्ने चुनाव भएकाले जनता अल्मलिन नहुने बताए। वीरेन्द्रनगरमा आइतबार आयाेजित सभामा उनले भने, ‘यो चुनाव विशेष अर्थ राख्ने महासंग्राम हो भनेर बुझ्नुपर्छ।गठबन्धन बनेर देशी विदेशी शक्तिहरू एमालेविरुद्ध लागिरहेका छन्, त्यसको विरुद्धमा जनता जाग्न जरुरी छ।’ ओलीले विभिन्न सानातिना स्वार्थीहरूको साँठगाँठको सरकार बनाउने कि सुदृढ सरकार बनाउने? भन्दै प्रश्न गरे। ‘गठबन्धनले बनाएको घोषणापत्र आ-आफ्नै घोषणा पत्र छ।
ओलीले देउवालाई प्रतिपक्ष दलको नेता को बन्ने भन्ने बारेमा सल्लाह गरिराख्न सुझाव दिए। उनले भने, ‘अब एमालेले बहुमत ल्याउँछ र एमालेको सरकार बन्छ।’ उनले प्रचण्डलाई राजनीतिक विचौलियाको संज्ञा दिए। उनले यो सरकार म्यादी सरकार भएकाले यसको पनि म्याद सकिएको बताए।











