राजतन्त्रवादी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सभामा सहभागी भएर बलिउड अभिनेत्री मनीषा कोइरालाले उसको मुद्दामा समर्थन जनाएपछि नेपाली राजनीतिमा तरंग छाएको छ।शुक्रबार राप्रपाले काठमाडौंको वसन्तपुरमा आयोजना गरेको चुनावी सभामा मनीषा पनि सहभागी हुँदै राप्रपालाई भोट मागेकी हुन्। काठमाडौं १ मा राप्रपाबाट रवीन्द्र मिश्र उम्मेदवार छन्।Open photo

मिश्र, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै मनीषा कोइरालाले पनि सभाव वक्ता थिइन्। उनले राप्रपाले बीपीको मेलमिलाप नीति बोकेको बताउँदै नेपालमा राजतन्त्र आवश्यक भएको दाबी गरिन्।Open photo

यसैबीच यस विषयमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कडा प्रतिक्रिया दिएका छन्। उनले ‘बगेको खोला नफर्कने’ तर्क गर्दै जतिसुकै ठूलो सेलिब्रिटीले भने पनि राजतन्त्र पुनःस्थापना हुन नसक्ने जिकिर गरेका छन्। त्यस्तो कुरामा समय बर्बाद नगर्न पनि उनले सुझाव दिएका छन्।

‘बगेको खोलो फर्कंदैन! ठूलो पहिरोले केही क्षण थुनिन सक्छ तर अन्ततः फेरि खुलेर अगाडि बढ्छ। प्रकृति र समाज विकासको शाश्वत नियम यही हो’, भट्टराईले शनिबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अतः जतिसुकै ठूलो सेलिब्रिटीको मुखारविन्दबाट निस्के पनि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र उल्टिँदैन। यस्ता उडन्ते कुरालाई महत्त्व नदिऊँ। समय र शक्ति बर्बाद नगरौं।’No description available.