काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एमाले अध्यक्ष केपी ओलीलाई धराने जनताको सार्वभौम सत्ताको अधिकारलाई चुनौती दिएको आरोप लगाएका छन् ।
ओलीले शुक्रबार धरानमा मेयर छान्न नजानेको अभिव्यक्ति दिएपछि साम्पाङले सामाजिक सञ्जालमा टिप्पणी गर्दै धराने जनताको सार्वभौम सत्ताको अधिकारलाई चुनौती दिने र अपमानित गर्नेलाई के थाहा उसको पार्टीले ३० वर्षमा गर्न नसकेको काम आफूले ४ महिनामा पूरा गरेको समेत बताएका छन् ।
उनले भनेका छन्- ‘मेयर छान्न जानेनौ भनेर धराने जनताको सार्वभौम सत्ताको अधिकारलाई चुनौती दिने र अपमानित गर्नेलाई के थाहा उसको पार्टीले ३० वर्षमा गर्न नसकेको काम ४ महिनामा पूरा गरेको छ हर्कले ! यसअघि साम्पाङले शुक्रबार नै ओलीलाई हाउडे भन्दै कोशीको पानी आफूले ल्याउने बताएका थिए । ओलीले कोशीको पानी ल्याउन केन्द्रीय बजेट आवश्यक पर्ने बताउँदै एमालेको सरकार आएपछि धरानमा कोशीको पानी ल्याउने बताएका थिए । ओलीले कोशीको पानी ल्याउन उपमहानगरपालिकाको बजेटले नपुग्ने टिप्पणी गरेका थिए ।’
साम्पाङकाे जवाफ
‘ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछ ! म ल्याउँछु पानी कोशीको ! धेरै चुनौती नदिँदा हुन्छ हाउडेले !’











