काठमडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि निर्माण भएको गठबन्धनलाई निर्वाचनमा विजयी गराउनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौं क्षेत्र नम्बर १० सतुंगलमा आयोजित चूनावीसभालाई सम्बोधन गर्दै देउवाले पटक पटक संसद बिघटन गरेपछि गठबन्धनले जोगाएको भन्दै अगामी दिनमा संविधान रक्षाका लागि विजयी गराउनुपर्ने बताएका हुन् । उनले नेपाली जनताको लामो लडाईपछि स्थापीत भएको लोकतन्त्रलाई स्थायी राख्नुपर्ने अहिलेको आवश्यकता रहेको जिकिर गरे ।
देउवा देशलाई स्थायी शान्ति र लोकतन्त्रलाई मजबुत बनाउन १० देखि १५ वर्षसम्म गठबन्धनलाई अघि बढाउनुपर्ने धारणा राखे । मंसिर ४ गते हुने निर्वाचन नेपालको भाग्य र भविष्य फैसला गर्ने उपयुक्त माध्यम भएको उनको भनाई छ । प्रधानमन्त्री देउ
वाले कलंकी देखि थानकोटसम्म सडक बिस्तारका क्रममा अन्याय परेकालाई मुआव्जा उपलव्ध गराईने धारणा राखे ।











