नेकपा (माओवादी) केन्द्रका पोलिटब्युरो सदस्य नारायणी शर्मा ‘प्रतिक्षा’ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सबै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारले विजयी हासिल गर्ने बताउनुहुन्छ ।

संविधान र लोकतन्त्रको रक्षा गर्न तथा मुलुकको समृद्धिका लागि आम मतदाताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने उहाँको भनाई छ ।

रायणी शर्मा भन्छिन चुनावको माहोल निकै घहन ढंगले अघि बढिरहेको छ । दाङका तीन ओटै निर्वाचन क्षेत्र र त्यस अन्तर्गतका ६ ओटा प्रदेश निर्वाचन क्षेत्रमा गठबन्धनको प्रचारप्रसार निकै राम्रो ढंगले अघि बढीरहेको छ । अहिले गठबन्धनको माहोल निकै राम्रो भएको छ । जिल्लाका सबै स्थानमा अहिले एमालेको भन्दा गठबन्धनको पक्षमा निकै धेरै जनलहर देखा परेको छ । हामी जिल्लाका सबै निर्वाचन क्षेत्रमा जितको नजिक पुगेका छौं । ं निर्वाचनमा तपाईँहरूले घोषणापत्र लगेर जानुभएको छ । हुन त सबै कुरा घोषणापत्रमा उल्लेख छ । तर, बुँदागतरुपमा भन्दा तपाईँहरूको एजेण्डा के हो ? हाम्रो पहिलो एजेण्डा भनेको संविधान र लोकतन्त्रको रक्षा नै हो । हामीले घोषणापत्र मार्फत अहिलेको नेपाली समाजको अवाश्यकता र दिगो विकास कसरी गर्न सकिन्छ भनेर समग्रमा दस्ताबेज नै तयार गरेका छौं । मुख्य रुपमा हामीले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता कुराहरुलाई प्राथमिकतामा राखेका छौं । त्यसैगरी जनजिविकाको साथै कृषि, पर्यटन, उद्योग, भौतिक पूर्वाधार लगायतका विषयमा हामीले घोषणा मार्फत हाम्रा योजनाहरु सार्वजनिक गरेका छौं । हामीले सुशासन र भ्रष्टाचारको अन्त्य गर्ने कुरालाई पनि निकै जोड दिएका छौं ।

चुनावको माहोल निकै घहन ढंगले अघि बढिरहेको छ । दाङका तीन ओटै निर्वाचन क्षेत्र र त्यस अन्तर्गतका ६ ओटा प्रदेश निर्वाचन क्षेत्रमा गठबन्धनको प्रचारप्रसार निकै राम्रो ढंगले अघि बढीरहेको छ । अहिले गठबन्धनको माहोल निकै राम्रो भएको छ । जिल्लाका सबै स्थानमा अहिले एमालेको भन्दा गठबन्धनको पक्षमा निकै धेरै जनलहर देखा परेको छ । हामी जिल्लाका सबै निर्वाचन क्षेत्रमा जितको नजिक पुगेका छौं । ं निर्वाचनमा तपाईँहरूले घोषणापत्र लगेर जानुभएको छ । हुन त सबै कुरा घोषणापत्रमा उल्लेख छ । तर, बुँदागतरुपमा भन्दा तपाईँहरूको एजेण्डा के हो ? हाम्रो पहिलो एजेण्डा भनेको संविधान र लोकतन्त्रको रक्षा नै हो । हामीले घोषणापत्र मार्फत अहिलेको नेपाली समाजको अवाश्यकता र दिगो विकास कसरी गर्न सकिन्छ भनेर समग्रमा दस्ताबेज नै तयार गरेका छौं । मुख्य रुपमा हामीले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता कुराहरुलाई प्राथमिकतामा राखेका छौं । त्यसैगरी जनजिविकाको साथै कृषि, पर्यटन, उद्योग, भौतिक पूर्वाधार लगायतका विषयमा हामीले घोषणा मार्फत हाम्रा योजनाहरु सार्वजनिक गरेका छौं । हामीले सुशासन र भ्रष्टाचारको अन्त्य गर्ने कुरालाई पनि निकै जोड दिएका छौं ।

दाङमा १० ओटा पालिकाहरु रहेका छन् । ती मध्ये ८ ओटा पालिकामा गठबन्धनकै दलहरुले चुनाव जितेका छन् । दुई ओटा उपमहानगरपालिकामा पनि मत धेरै हुँदा हुँदै प्राविधिक कारणले गठबन्धनले जित निकाल्न सकेन । त्यति बेला घोराहीकै हकमा १० हजार मत बदर भएको छ । गठबन्धनका उम्मदेवारले पाँच हजार मतले जित्न सक्नुभएन । दाङ निर्वाचन क्षेत्र नं २ का २७ ओटा वडाको गत स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतलाई जोड्ने हो भने गठबन्धन करीब ५ हजार मतले अघि छन् । अहिले विगतमा भन्दा गठबन्धनमा आबद्ध दलहरुको एकता झन् मजबुत भएको छ । यस पटक परिणाम गठबन्धनको पक्षमा आउने निश्चित छ । अहिले प्रतिनिधिसभाकी उम्मेदवार रेखा शर्माप्रति आम मतदाताको निकै आकर्षण बढेको छ । उहाँ निकै संघर्ष गरेर आएकी मेहनति र इमान्दार नेता हो । उहाँप्रति जनताको विश्वास निकै धेरै रहेको छ ।

अहिले नै कुल कति सिट आउँछ भनेर अनुमान गर्न त सकिदैन । तर, यस पटक माओवादीको भोट २०७४ साल भन्दा बढी नै हुन्छ । किन की त्यति बेला हाम्रो पार्टीमा टुटफुट र विभाजन भइरहेको थियो । अहिले पार्टी एक ढिक्का भएको छ । पूर्वप्रधानमन्त्री वावुराम भट्टराई नेतृत्वको पार्टी हामिसँग छ । विप्वल सम्बद्ध पार्टीका धेरै नेता कार्यकर्ताहरु हाम्रो पार्टीमा समाहित हुनुभएको छ । एजेण्डाको हिसाबले माओवादीले नै देशको विकास र समृद्धि गर्छ भन्ने कुरा जनताले बुझेका छन् । त्यसैले यसपटक माओवादीको मत अघिल्लो पटकको भन्दा निकै धेरै बढ्ने भएकाले समानुपातिक सिट पनि धेरै बढ्छ ।अहिलको व्यवस्था नै माओवादीकै अग्रसरतामा भएको हो ।

१० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन र त्यसपछि भएका आन्दोलनहरुमा माओवादीले खेलेको भूमिकाकै कारणले गर्दा देशमा यति ठूलो परिवर्तन सम्भव भएको हो । अब यो परिवर्तनलाई संस्थागत गर्दै देशलाई समृद्ध बनाउन आवश्यक छ । समृद्ध मुलुक निर्माण गर्ने अभियान माओवादीको नेतृत्वमा मात्र सम्भव रहेको छ । अर्को कुरा २०६४ सालमा सरकारमा गए देखि माओवादीले गरेका काम पनि हो । माओवादीकै नृेतृत्वमा नेपालमा हातहातमा मोवाइल र इन्टरनेट सम्भव भएको हो । त्यसैगरी १८ घण्टा सम्मको लोडसेडिङको अन्त्य पनि माओवादीकै नेतृत्वमा भएको हो । माओवादीका कुनै पनि मन्त्रीलाई अहिलेसम्म भ्रष्टाचारको आरोप लागको छैन । कार्यसम्पादनका हिसाबले पनि माओवादीका मन्त्रीहरु नै अघि देखा परेका छन् ।