रोल्पा, २१ कात्तिक । रोल्पामा आफ्नै छोराले बाबुको हत्या गरेका छन्  । जिल्लाको त्रिबेणी गाउँपालिका ४ को पोखरी भन्ने ठाउँमा २३ वर्षीय छोरा सन्दीप घर्तीले घरमा सामान्य विवाद हुँदा सोमबार बिहान ५४ वर्षीय आफ्नै बुवा मानसिङ घर्तीको हत्या गरेका हुन् ।

सन्दीप, मानसिङ र एक स्थानीयसँगै बसेर मदिरा सेवन गरिरहेका बेला छोरा सन्दिपले बाहिर गएर फर्किएर आफु बसेको काठको सुकुल प्रहार गरेर बाबुको हत्या गरेका थिए । सुकुल प्रहारले बुवा मानसिङको टाउकोमा गम्भीर चोट परेको हुदा मानसिङको घटना स्थलर्मै मृत्यु भएको थियो । घटना बिहान ९ बजे भएको एक स्थानीय बीराज योगीले जानकारी दिएका छन् ।

घटना लगतै ईप्रका होलेरी र त्रिबेनीबाट प्रहरी टोली पुगेर दोषीलाइ पक्राउ गरीएको छ । सव पोष्टमाटमको लागि दाङ पठाइ सकेको छ ।