काठमाडौं : सगरमाथा क्षेत्रमा हिउँ चितुवाको तस्बिर खिचेर एक अमेरिकन फोटोग्राफरले वाहवाही कमाइरहेका छन्। अमेरिकन फोटोग्राफर कितिया पावलोभ्स्की केही समय अगाडि सगरमाथा क्षेत्रमा घुम्न गएकी थिइन्। उनलाई आत्मविश्वास थियोत्यस क्षेत्रमा केही न केही खुराक अवश्यक भेटिन्छ भनेर। नभन्दै ५ हजार मिटरको उचाइँमा उनको हिउँ चितुवासँग साक्षत्कार भयो। क्यामेराको टेली लेन्सबाट उनले हिउँ चितुवालाई देखेको उल्लेख गरेकी छन्। जसको खोजीमा उनी त्यहाँ पुगेकी थिइन्। हिउँ चितुवाको तस्बिर खिच्न उनले करिब १६५ किलोमिटर

हिँडेको उल्लेख गरेकी छन्। उनले आफ्नो वेवसाइटमा लेखेकी छन्, ‘बिहान अत्यधिक चिसो थियो। म निकोन ५०० एमएम क्यामेरा बोकेर खुम्बु उपत्यकामा हिउँको किनारालाई पछ्याउँदै थिएँ। १८ हजार फिटमाथिको मौसम अप्रत्याशित थियो। यो उचाइ हिउँ चितुवा घुम्ने क्षेत्र पनि हो। उपत्यकाको उत्कृष्ट दृश्य हेर्नका लागि भए पनि मैले यो उचाइँ तय गर्नुपर्ने थियो। मेरो क्यामेराको टेली लेन्सबाट हेर्दा मैले केही देखेँ। मलाई लाग्यो त्यो चट्टान हो। तर मैले जे खोजिरहेको थिएँ, त्यो त्यही थियो।‘

उनले हिँउ चितुवा देखिएपछि धेरै समयसम्म त्यसलाई पछ्याएको उल्लेख गरेकी छन्।