smart

इन्द्रेणी संवाददाता
दाङ, २१ कार्तिक । राष्ट्र बैकले बढाएको कर्जा व्याजदरको बिरोधमा दाङका व्यवासयीहरु आन्दोलित भएका छन् । केही दिन अघि मात्रै चरणवद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वमा आज घोराहीमा विरोध र्याली निकालियो ।

विभिन्न व्यवसायीहरु संलग्न र्याली संघको कार्यालयबाट शुरु भएर घोराही बजार परिक्रमा गरी संघमा पुगी सभामा परिणत भएको थियो । र्यालीमा व्इवसायीहरुले व्याजदर एक अंक स्थिरता देउ, व्याजदर एकल अंकमा कायम गर, उद्योग व्यापार नबचे अर्थतन्त्र बच्दैन लगायतका माग सहितका प्लेकार्ड सहित र्याली पर्दशन गरेका थिए । र्याली पछिको सभालाई संघका अध्यक्ष टंकसिंह बुढाथोकीले सम्बोधन गरेका थिए ।