इन्द्रेणी संवाददाता
बझाङ, साउन ४
जिल्ला प्रहरी कार्यालय बझाङले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । बझाङको देउलीकोट–३ का हरिप्रसाद जोशीलाई भरुवा बन्दुकसहित उनको घरबाट पक्राउ गरिकएको प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले बताउनुभयो ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुंगलबाट खटीएको प्रहरी टोलीले जोशीको घर खान तलास गर्दा एक थान भरुवा बन्दुक लुकाई राखेको अवस्थामा फेला पारेपछि जोशीलाई पक्राउ लिएको हो ।
घटना बारे थप अनुसन्धान भइरहेको र हातहतियार खरखजना ऐन अनुसार कारबाही हुने प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।।
