इन्द्रेणी संवाददाता
रुकुम ,४ साउन । रुकुमको रुघा–५ का २६ वर्षे जगतबहादुर खड्काले श्रीमती र सासुको कुटेर हत्या गरेका छन् । सामान्य विवाद भएपछि खड्काले २६ वर्षीय श्रीमती नौमती खड्का र ४५ वर्षीय सासु ओपी ओलीको मंगलबार बिहान हत्या गरेका हुन ।morder

बिहान ८ बजे खड्काले पाहुना आएकी सासु र श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव निरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो । लाठीले हिर्काए पछि घटनास्थलमै दुबैको ज्यान गएको प्रहरीले जनाएको छ ।

अभियुक्तलाई गाउलेहरुले घरमै बाधेर राखेको हुँदा प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ । खड्का दम्पतीका २ सन्तान छन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । मृतको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल सल्ले रुकुममा ल्याइएको छ ।।