काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीकै नेतृत्वमा देशको ऐतिहासिक परिवर्तन भएको दाबी गरेको छ।

आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्ड देश विकास र प्रतिगमन परास्त गर्न माओवादीले महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरे।२०७४ सालमा वाम एकता गरेर बहुमतको सरकार बनाउँदा समेत केपी ओलीको कारणले असफल भएको बताए।उनले ओलीले दुई पटक संसद् विघटन गरेकै कारणले अहिलेको गठबन्धन बनेको औँल्याएका छन्।आगामी निर्वाचनमा सत्ता गठबन्धनलाई मतदान गरेर संविधान र लोकतन्त्रको रक्षा गर्न आह्वान गरेका छन्।

माओवादीले संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्थामा जाने प्रतिवद्धतता समेत जनाएको छ ।संसदबाट निर्वाचित प्रधानमन्त्रीय व्यवस्थालाई परिवर्तन गरी अबदेखि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थामा जान समेत अघि सारेको छ ।