दक्षिण भारतीय अभिनेता अल्लू अर्जुनको बहुप्रतिक्षित एक्सन फिल्म ‘पुष्पा द रुल’ को छायांकन सुरु भएको छ। ‘पुष्पा द राइज’ मा जुन मोडमा कहानी छोडिएको थियाे, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ। फिल्म ‘पुष्पा द राइज’को सफलता भएदेखि नै यसको सिक्वेल ‘पुष्पा द रुल’को चर्चा भइरहेको थियो।

फिल्मका छायांकार कुबा ब्रोजेकले इन्स्टाग्राममा अल्लू अर्जनसँगको तस्बिर सार्वजनिक गर्दै फिल्मको छायांकन सुरु भएको जानकारी दिएका हुन्।साहसिक कार्य सुरु भएको छ,’ उनले लेखेका छन्।छ।

आइतबारदेखि फिल्मकाे छायांकन सुरु गरिएकाे हाे।‘पुष्पा द रुल’ मा अल्लू अर्जुनसँगै फहद फासिल र रश्मिका मन्दनाको मुख्य भूमिका रहनेछ।