नेकपा एकीकृत समाजवादीले सोमबार चुनावी घोषणापत्र सार्वजनिक  गरेको छ । घोषणापत्रको नीतिगत प्रतिबद्धतामा संविधान र व्यवस्थाको रक्षा तथा हालको निर्वाचन प्रणाली परिवर्तनमा जोड दिएको छ ।

अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र विकासका निम्ति बाधक भएकाले यसको विकल्प खोज्नुपर्ने पार्टीको भनाई छ । त्यस्तै सार्वजनिक सेवा प्रवाहमा सुधार, उद्योग धन्दाको विकास,कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सिँचाइमा जोड दिनेगरी घोषणापत्र तयार गरेको सो पार्टीले पूर्व–पश्चिम महानहर निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

पार्टी अध्यक्ष माधव कुमार नेपाल चुनावी सिलसिलामा आफ्नो निर्वाचन क्षेत्र रौतहट गएकाले पार्टीका पदाधिकारीहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।