काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गतेको निर्वाचन सामान्य निर्वाचन नभएको बताएका छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गतेको निर्वाचन सामान्य नभएको अभिव्यक्ती दिएका छन् ।

शुक्रबार राजधानीमा भएको सत्तागठबन्धनको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मंसिर ४ पछि देशको संविधान मिच्नेहरुलाई पाखा लगाउन कार्यकर्ताहरु अहोरात्र खटिनुपर्नेमा जोड दिए ।चनावका लागि अग्रगमन शक्ति र प्रतिगमन शक्तिका बेग्लाबेग्लै गठबन्धन बनेको पनि उनको भनाइ छ।अग्रगमन शक्तिहरूले संविधान, गणतन्त्र जोगाउँदै समृद्धिको दिशातर्फ अगाडि बढ्ने दाबी उनको थियो।

यो निर्वाचन अराजकता निम्त्याउने र देशलाई निरंकुशताका बाटोमा धकेल्ने शक्ति तथा संविधान र गणतन्त्र बचाउने शक्तिबीच लडाइँ भएको उनको भनाइ छ। उनले ब्याटल संविधान जोगाउने शक्तिले जित्नुपर्ने बताए।उनले क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार मानुषी यमी भट्टराईको प्रशंसा गर्दै डाइनामिक लिडर भएको बताएका थिए।

संविधान, लोकतन्त्र र राष्ट्रको रक्षाको लागि गठबन्धन बनेको उल्लेख गर्दै प्रचण्डले यो गठबन्धन अहिले मात्रै नभएर २०४६ सालदेखि बनेको उल्लेख गरे । यस्तै खाले गठबन्धनले २०५६ सालमा पञ्चायत ढालेको उल्लेख गर्दै प्रचण्डले २०६२ /०६३ सालको आन्दोलनमा पनि कांग्रेस र कम्युष्टि मिलेर राजतन्त्र फालेको वृतान्त सुनाए । गठबन्धनका यी सबै कुराहरु जनतामाझ लैजान उनले कार्यकर्तालाई निर्देशन दिए ।