तनहुँ, ४ कार्तिक । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ११ वर्षीय विना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्।घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा बिहान ६ः३० बजेको समयमो चितुवाले आक्रमण गरेको बताइएको छ।बर्दियामा आतङ्क मच्चाउने पाटे बाघ नियन्त्रणमा
बर्दियाको ठाकुरबाबा नगरपालिका ६ को मालिका सामुदायिक वन क्षेत्रको शिवपुर फाँटाबाट आतङ्क मच्चाउने पाटे बाघलाई नियन्त्रणमा लिइएको छ ।

बर्दिया राष्ट्रिय निकुन्जको शिवपुर एकीकृत उपभोक्ता समूह अन्तर्गत ठाकुरबाबा नगरपालिका वडा नम्बर २, ६ र ७ मा पर्ने कालिगौडी, शिवपुर फाँटा, भदेली तथा बलाती गाउँ क्षेत्रमा पाटे बाघले मानिस र जनावरलाई आक्रमण गरिसकेको तथा स्थानीयवासीमा त्रास देखिएकाले नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ ।

बर्दिया निकुञ्ज सुरक्षाका लागि खटिएको नेपाली सेना, नेपाल प्रहरी, बर्दिया निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका १५ जना प्राविधिक तथा तीन वटा हात्तीको सहयोगमा आज बिहीवार बिहान बाघ नियन्त्रणमा लिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. रबिन कडरियाले जानकारी दिए ।

केही महिनाअघि यही बाघको आक्रमणबाट शिवपुर क्षेत्रमा एक जनाको ज्यान गएको र अर्का एक जना घाइते भएपछि घटनास्थल क्षेत्रमा स्वचालित क्यामेरा जडान गरी भौतिकरूपमा नियमित अनुगमन गरिँदै आएको थियो । त्यसपछि समस्याग्रस्त बाघको पहिचान गरी निकुञ्जको विशेष टोलीले पाटे बाघलाई (डार्ट) लठ्याउने सुई प्रयोग गरी नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मुकुन्द संजेलले जानकारी दिए ।