झापा, ४ साउन
झापाको शनिअर्जुन नगरपालिका ३ जरुवावस्तीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ त २२३० नम्बरको ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । सडकमा हिडिरहेका १४ वर्षिय बालक देवलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका बालकको उपचारको क्रममा वि एण्ड सी अस्पताल बिर्तामोडमा राती १० बजे उपचारका क्रममा मृत्यु भएको हो ।
ट्याक्टरसहित चालकलाई ईलाका प्रहरी कार्यालय अनारमणी झापाले नियन्त्रणमा लिएको छ ।।
