मन्त्री मेटमणि चौधरीले देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सहयोग गरेका छन् । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सहरी विकासमन्त्री मेटमणि चौधरीले राहात सामाग्री वितरण गर्नुभएकाे छ ।
डुबान क्षेत्रको अवलोकनपछि जनतालाई पहिलो चरणको सहयोग पुर्याउने उद्देश्यले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल उपलब्ध गराएको मन्त्रीले बताउनुभयाे ।
दुःखमा परेका जनताले राज्य र स्थानीय सरकारको महसुस गर्नुपर्ने जनाउँदै सहरी मन्त्री चौधरीले क्षतिको विवरण संकलन लगत्तै स्थानीय, प्रदेश र संघीय सरकारबाट पर्याप्त राहत उपलब्ध गराइने पनि बताउनुभयाे ।











