अछाम, ४ साउन
अछाम जिल्लामा बालबिकास केन्द्रमा भर्ना हुने उमेर समूहका बालबालिकाहरुको कक्षा छोड्ने दर बढेको छ । विद्यालय उमेर समूहका भन्दा बालबिकास केन्द्रमा अध्ययन गर्ने बालबालीकाको संख्या घट्न थालेको हो । balbalika

जिल्ला शिक्षा कार्यालय अछामले गरेको एक सर्बेक्षण अनुसार ७ वटा स्रोत केन्द्रका ३ सय ४५ बिद्यालय उमेर समूह र ४ सय १७ बालबिकास केन्द्र उमेर समूहका बालबालिकाहरु अहिले पनि बिद्यालय बाहिर छन । कार्यालयले आज आयोजना गरेको बिद्यार्थी भर्ना अभियानको एकसय दिनको समीक्षा तथा प्रगति कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
कार्यालयका अनुसार बालबिकास केन्द्रमा अध्ययन गर्ने उमेर समूहका बालबालीकाहरु मध्ये हिच्मामा १३८, बिनायकमा १०९, पायलमा ४२, तुर्माखाद ८४ र मंगलसेन स्रोत केन्द्रमा ४४ जना अझै शिक्षाबाट बञ्चित छन ।

त्यस्तै बिद्यालय उमेर समूहका बालबालिकाहरु मध्ये हिच्मामा ६६ जना, घुघुरकोटमा ५, मेल्लेखमा ५७, श्रीकोट ७, कालागाँउ १७, बिनायक ११७, पायल १८, तुर्माखाद १४ र मंगलसेन स्रोत केन्द्रमा ४४ जना बिद्यार्थी बिद्यालयको पहुँचमा पुग्न सकेका छैनन् । कार्यालयका अनुसार तथ्यांक संकलनका क्रममा बिभीन्न गैर सरकारी संस्थाहरुले संकलन गर्ने तथ्यांकमा एकरुपता नहँुदा पनि यस्तो समस्या देखिने गरेको छ ।।