घोराही, २७ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा गठबन्धन प्यानल बिजयी भएको छ । संस्थाको शनिवार भएको निर्वाचनबाट गठबन्धन प्यानल बिजयी भएको हो ।
शनिवार सम्पन्न निर्वनचनको मतपरिणाम अनुसार अध्यक्षमा बिजयी देविबहादुर डिसीसहित उनको प्यानलै विजयी भएको हो । डिसीले २ हजार २ सय ९४ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । उनको यो सातौं कार्यकाल हो ।
उनका प्रतिस्पर्धी सयुक्त प्यानलका अध्यक्षका उम्मेदवार नारायणप्रसाद भुषालले १ हजार ८५ मत प्राप्त गरे ।












