इन्द्रेणी संवाददाता
दाङ, ३ साउन
दाङ देउखुरी जिल्ला अदालतले न्यायमा सवैको पहुँच पुर्याउन अदालतवाट विभीन्न सेवा प्रदान गर्दे आएको छ । अदालतमा सर्वसाधारण सवैको पहुच पुगोस कोही पनी न्यायको ढोकावाट फर्कन नपरोस भनेर अदालतले प्रवाह गर्ने विभीन्न सेवाहरु सुचना पार्टीमा समेत टास गराएर सर्वसाधारणलाइ सुचीत गरेको जिल्ला न्यायधिस वलभद« वास्तोलाले जानकारी दिनुभएको छ ।
अदालतले एक घण्टे कार्यक्रम अन्तरगत अदालतवाट वयान, वकपत्र थुनछेक र फैसला गर्ने कार्य वाहेक अन्य सम्पुर्ण कार्यहरु एक घण्टा भित्रै गर्ने गरेको जनाएको छ । यस्तै असाहय असक्त आर्थीकरुपले विपन्न नावालक जेष्ठ नागरीक थुनुवा मानीस मुदाको पक्ष भए वैतनीक वकील मार्फत निशुल्क कानुनी सेवा, सवै प्रकृतीका निवेदनहरु फाराममा तयार गरी माग अनुसार निशुल्क रुपमा पाराम भर्ने व्यवस्था, मुदाको कामकारवाहीका समय तालीका, दैनीक कानुनी परामर्श सेवा प्रदान गर्ने गरेको छ, ।
दाङ देउखुरी जिल्लाा अदालतका जिल्ला न्यायधिस वलभद« वास्तोलाका अनुसार अदालतले अदालतका कामकारवाही र गुनासो सुन्न न्यायधिस भेटौ कार्यक्रम अन्तरगत प्रत्यक महीनाको अन्तीम वुधवार दिउसो एक वजेदेखी २ वजेसम्म सेवाग्राही तथा न्यायधिस विच प्रत्यक्ष छलफल कार्यक्रम, मुस्कान सहीतको सेवा, शिघ्र फैसला कार्यान्वयनको व्यवस्था, मेलमिलापमा पठाउने व्यवस्था नेपाली भाषा राम्रोसंग नवुभmनेहरुका लागी दोभाषेको व्यवस्था, गुनासो तथा सुभाmव पेटीका मार्फत सेवाग्राहीको गुनासो सुन्ने लगाएतका व्यवस्था गरिएको छ ।।