इन्द्रेणी संवाददाता
दाङ, ३० पुस । दाङमा प्रहरीले नक्कली प्रहरी बनेर ठगी धन्दा गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्रउ पर्नेमा घोराही उपमहानगरपालिका १५ का ३९ वर्षिय रामबहादुर बस्नेत रहेका छन् ।

उनले आफू प्रहरीको सिआइवी सई भएको भन्दै जिल्लाका व्यापारीहरुलाई गठी गर्दै हिडेको पाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठगी गर्दै हिडेको उजुरी परेपछि बस्नेतलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।