इन्द्रेणी संवाददाता
काठमाडौं, ३० पुस । निर्वाचन आयोगले आज शुक्रवार सर्वदलीय बैठक बोलाएको छ । बैठकमा पालिकाको चुनावको मिति तयसँगै आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनाव र मतदाता नामावली अद्यावधिकका बारेमा छलफल हुने छ ।

बिहान ११ बजेपछि सुरु हुने बैठकमा पालिका, प्रदेश वा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १७ दललाई बोलाइएको छ । गएको पुस ९ गते प्रधानमन्त्री शेरव बहादुर देउवालाई भेटेर आयोगका पदाधिकारीले वैशाख १४ र वैशाख २२ गते पालिकाको चुनाव गर्न प्रस्ताव गरेका थिए ।