इन्द्रेणी संवाददाता
काठमाडौं, १६ पुस । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेन पारित भएको छ । प्रतिवेदनमा उठेका प्रश्नहरूमाथि अध्यक्ष प्रचण्डले आज शुक्रवार जवाफ दिएपछि प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।
जवाफ दिने क्रममा प्रचण्डले प्राप्त सुझावहरूलाई समेटेर प्रतिवेदनलाई व्यापक सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । राम कार्कीको पूरक प्रस्ताव र लेखनाथ न्यौपानेको फरक मतबारे भने प्रचण्डले जवाफ दिएनन् ।
महाधिवेशनमा २५ वटा समूह बनाएर प्रस्तुत राजनीतिक प्रतिवेदनमा छलफल भएको थियो । जवाफमा प्रचण्डले अमेरिकी सहयोग (एमसीसी) का बारेमा प्रतिवेदनमा जे छ त्यही रूपमा बुझ्न आग्रह समेत गरेका थिए । महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीयय कार्यसमिति चयन गर्नेछ ।











