इन्द्रेणी संवाददाता
दाङ, १६ पुस । दाङमा आजदेखि राष्ट्रियस्तरको टेबुलटेनिस प्रतियोगितामा शुरू भएको छ । दाङसहित देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को कभर्डहलमा शुरू भएको हो ।
नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा युथ अफ तुलसीपुरको आयोजनामा राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री सुरेन्द्र हमालले गरे । मन्त्री हमालले खेलखुदले आपसी मेलमिलापको सन्देश दिने बताए । उनले कोरोना महामारीका कारण थला परेको अवस्थामा खेलकुद क्षेत्रलाई युथ क्लबले राष्ट्रियस्तरको प्रतियोगिता संचालन गर्दा खेलाडी र खेलप्रेमीलाई उत्साह थपेको बताए ।
कार्यक्रममा नेपाली कांगे्रसका महाधिवेशन प्रतिनिधि शम्भु शाह, कांग्रेस नेता महादेव शाह, छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसी, नेपाल तरूण दल दाङका सभापति टिका घर्तीले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगितामा २५ जिल्ला र ३ विभागीय टिमको सहभागिता रहेको छ । पुरस्कारको राशी ३ लाख ८० हजार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा मेन्स टीम र बुमेन्स टिमको प्रथम पुरस्कार ३०/३० हजार, द्धितिय पुरस्कार १५/१५ हजार, तृतीय पुरस्कार नगद ५/५ हजार र सान्तोना पनि ५/५ हजार प्राप्त गर्ने छन् ।
यस्तै मेन्स र बुमेन्स सिंगलतर्फ नगद ४०/४० हजार, द्वितिय पुरस्कार २०/२० हजार, तृतीय र सान्तोना पुरस्कार ५/५ हजार रहेको आयोजकले जनाएको छ । यस्तै मेन्स र बुमेन्सको जुनियरतर्फ प्रथम पुरस्कार ३०/३० हजार, द्वितीय पुरस्कार १५/१५ हजार र तृतीय र सान्तोना नगद ५/५ हजार पुरस्कार राशी रहेको छ । । प्रतियोगिता पर्सि १८ गतेसम्म संचालन हुने आयोजक युथ अफ तुलसीपुरका अध्यक्ष बसन्त गिरीले जानकारी दिए ।











