जाजरकोट, ३ साउन
जाजरकोट जिल्लाको लागि गएको आर्थिक बर्ष ०७२÷०७३ मा आएको मध्ये २५ करोड रुपैया खर्च हुन नसकी फिर्ता भएको छ । चालु तर्फको २ अरव ८ करोड ५ लाख २३ हजार मध्ये १ अर्व ९८ करोड खर्च भएको छ ।
चालु तर्फको १० करोड २ लाख ७२ हजार वजेट फिर्ता भएको छ । यस्तै पुजिगत तर्फको ७७ करोड २९ लाख मध्ये ६२ करोड ३ लाख ७१ हजार वजेट मात्र खर्च भएको छ । पुजीगत तर्फको १५ करोड २५ लाख २९ हजार वजेट फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जाजरकोटका कोष नियन्त्रक यामबहादुर बुढाले बताउँनु भयो ।
ढिला गरी अख्तियारी आउने, ठुला आयोजनाको टेन्डर समयमै नहुने, आर्थिक वर्षको अन्त्यमा वजेटको निकासा हुने जस्ता कारणले रकम खर्च हुन नसकेको कोष नियन्त्रक बुढाले जानकारी दिनुभयो ।।
