इन्द्रेणी संवादाता
दाङ, ३ साउन
नेपाल पत्रकार महासंघ दाङले पत्रकार अर्जुन महराको उपचारको लागी अपील गर्दै पत्रकार अर्जुन महरा बचाऊ अभियान सञ्चालन गरेको छ । दाङको घोराहीबाट प्रसारण भइरहेको रेडियो मध्यपश्चिम एफ.एम.मा कार्यरत पत्रकार लमही नगरपालिका–११ रातोडाँडा निबासी अर्जुन महरा बोनम्यारोमा समस्या उत्पन्न भएर अहिले काठमाडौंस्थित सिभिल हस्पिटलमा उपचाररत हुनुहुन्छ ।statement_about arjun mahara

विगत तीन वर्षदेखि पत्रकारितामा सक्रिय महरालाई विगत एक महिनाअघिदेखि बोनम्यारो (रक्तमासी)मा समस्या देखिएको र चेकजाँच गराउँदा क्यान्सर देखिएको छ ।

उहाँ अहिले काठमाडौंस्थित सिभिल हस्पिटलको कोठा नं. २५५ को बेड नं. ८४ मा उपचार गराइरहनुभएको छ ।

न्यून पारिवारिक आर्थिक अवस्था भएको र परिवार एक्लैले उहाँको उपचारमा निकै कठिनाई भएकाले महाँसघले १० हजार रुपैया गरी सहयोग अभियान सञ्चालन गरेको छ ।
साथै आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिनुहुन जिल्लास्थित सञ्चारमाध्यम, सञ्चार संस्था, सञ्चारकर्मी तथा सम्पूणर्णलाइ अनुरोध समेत गरेको छ ।।

arjun