ताप्लेजुङ, ३ साउन
ताप्लेजुङ को विकट गाविस तापेथोक ८ स्थित सोत्लिमा बस्ति पहिरोको उच्चजोखिममा परे पछि त्यँहाका ११ घरपरिवार विस्थापित भएका छन् ।
शनिवार बिहान बस्तिको दुवै तर्फ पहिरो आएपछि पहिरोको बीचमा रहेका ५ परिवारसहित आसपासमा पहिरोको जोखिममा रहेका ६ परिवारसहित ११ परिवार विस्थापित भएको प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक रामबहादुर केसीले जानकारी
दिनुभयो ।
उहाँका अनुसार विस्थापित सबै परिवार अहिले आफन्तकोमा गएर बसेका छन् । हिजो राती गएदेखि नै भाग्ने क्रममा हराएकी स्थानिय २८ वर्षिय मनिता राईको अवस्था भने अझै अज्ञात रहेको र खोजी कार्य जारी रहेको बताईएको छ ।।
