काठमाडौं, १४ पुस । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर पानी परेको छ । पानी परेपछि चिसो समेत बढेको छ । उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको छ ।
अहिले पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने आज दिनभर नै देशभरको मौसम बद्ली हुनेछ । लगातार आज दिनभरि झरी नपरे पनि पानी पर्दै रोकिने र फेरि पर्ने सम्भावना छ ।
काठमाण्डौसहित नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, धनकुटा, जुम्ला, वीरेन्द्रनगर लगायत सबैजसो ठाउँको अधिकतम तापक्रम घटेको छ । जुम्ला, जोमसोम र जिरीको तापक्रम माइनसमा झरेको छ । जिरीको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम ११ दशमलव २ डिग्री सेल्सियस छ ।











