दाङ, १३ पुस । घोराही उपमहानगरपालिका वडा नं. १४ लाई बालमैत्री वडा घोषणा गर्ने काम आजबाट सुरु भएको छ । वडा कार्यालयले आगामी माघ १५ सम्म वडालाई वालमैत्री वडा घोषणा गर्ने तयारी गरेको हो ।
त्यसका लागि बालमैत्री वडा घोषणा अभियान संचालन कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ । वडा स्तरिय सक्षम आमा समुहको सहयोगमा आज वडा कार्यालयले ¥यालीको समेत आयोजना गरी अभियानको सुरुवात गरेको हो । वडा कार्यालयबाट सुरु भएको ¥र्यालीले राप्ती टोल, बालमन्दिर चोक, हुदै विभिन्न स्थानको परिक्रममा गरेको थियो ।
यस अबसरमा विभिन्न तरकारी पसल, होटल, खाद्यान्न पसलहरुमा बालश्रमिक राखिएको छ/छैन भन्ने वारेमा अनुगमन गरिएको थियो ।
अभियानको उद्घाटन गर्दै वडा अध्यक्ष शक्तिराम डाँगीले आफ्ना बालबालिकालाई अनिवार्य विद्यालय पठाउँन,बाल श्रमिक नराख्न समेत सम्पूर्ण सर्वसाधारणलाई आग्रह गरे । कुनै व्यक्ति वा संघ संस्थाले बालवालिकालाई बाल श्रमिकका रुपमा प्रयोग गरेको पाइए कानुन बमोजिम कारर्वाही गर्ने जानकारी दिए । वडा कार्यालयले भोली देखि नै वडाका सम्पूर्ण टोल विकास संस्था,बिद्यालय,सामाजिक संघ संस्थाहरुमा बालमैत्री छन्, छैनन् भनी अनुगमन गरिने अध्यक्ष डाँगीले बताए ।











