रौतहट, १३ पुस। रौतहटमा जन्ती बोकेको कार दुर्घटना हुँदा पाँच जनाको मृत्‍यु भएको छ ।

गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर०५ पीए ६९५३ नम्बरको कार गौर-चपुर सडकखण्डको गरूडामा दुर्घटना भएको हो ।

इलालका प्रहरी कार्यालय गरूडाका अनुसार कारमा सावर ८ जनामध्‍ये तीनजना घाइते भएका छन् । उनीहरुको गरूडा अस्पतालमा उपचार भइरहेको छ ।मृतको पहिचान खुल्‍न सकेको प्रहरीले जनाएको छ ।