काठमाडौं, १३ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी जम्मा २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २६० जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ छ ।











