पुस, ५ बुटवल । लुम्बिनी प्रदेशको विकासका लागि लुम्बिनी प्रदेश सरकारकार मुख्यमन्त्री कुलप्रसाद केसी र नेपाल स्थित कतारका राजदुत युसुफ बिन मोहम्बद अल हायल बीचमा शिष्टाचार भेट भएको छ । आज भएको भेटघाटमा प्रदेशको विकासका लागि कतार सरकारसँग मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा सहयोग गर्नका लागि अनुरोध गर्नुभएको थियो ।
उहाँले भन्नुभयोः–“हाम्रो देशका धेरै नागरिक कतारमा रोजगारका शिलशीलामा गएका छन् तीनै नेपाली नागरिकको पक्षमा नीति निर्माण गरी अगाडि बढाई दिनु पर्दछ, हामी जति सकिन्छ प्रदेश सरकारबाट दक्ष बनाउने अभियानमा छौँ ।”
मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा स्वास्थ्य र शिक्षाको दृष्टिकोणले पछाडी परेको बताउँदै त्यसमा कतार सरकारले सहयोग गरि दिनका लागि प्रस्ताव राख्नुभएको थियो । उहाँले लुम्बिनी प्रदेशलाई शिक्षा, स्वास्थ्यमा अब्बल बनाउनको लागि सहयोगका आवश्यक रहेको बताउनुभयो ।
मुख्यमन्त्री केसीले लुम्बिनी पर्यटकका लागि निकै सम्भावना भएको बताउँदै गौतम बुद्ध अन्तराष्ट्रिय विमास्थल निर्माणको कार्य सम्पन्न भएपछि यसमा पर्यटकको संख्यमा बृद्धि हुने बताउनुभयो ।
नेपालमा कोभिडको बेलामा कतार सरकारले निकै सहयोग गरेको स्मरण गराउँदै रहेको बताउँदै आगामी दिनमा कोरोनाको रोकथामको गर्नका लागि पनि सहयोग गर्नका लागि अनुरोध गर्नुभयो ।
यस्तै कतारका नेपाल स्थित राजदुत युसुफ बिन मोहम्बद अल हायलले रोजगारको क्षेत्रमा धेरै नेपालीले आफ्नो देशमा गएर रोजगार गरिरहेकोलाई आफूहरुले सकरात्मक रुपमा लिएको बताउँदै आगामी दिनमा पनि अशली छिमेकी राष्ट्रको रुपमा भगनी सम्बन्ध कायम गर्नु पर्ने बताउनुभयो ।
उहाँले लुम्बिनी प्रदेश सरकारसँग शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा सहकार्य गर्न चाहेको बताउँदै आफूहरुसँग पैसा भएको तर त्यसका लागि कार्य सम्झौता आवश्यक रहने बताउनुभयो । उहाँले आफू र आफ्नो बुवाले पनि नेपालमा रहेर काम गरेकोले यसमा धेरै काम गर्न इच्छुक रहेको बताउनुभयो ।
राजदुत हल हायलले कोभिडको विरुद्धमा नागरिकहरुलाई सहयोग गर्नका लागि आवश्यक रहेको बताउँदै त्यसमा पनि आफूहरु तयार गरेको बताउनुभयो ।
छलफलमा स्वास्थ्य जनसख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित चौधरी, शिक्षा, विज्ञान युवा खेलकुद मन्त्री बसीउसीदिन खा, महिला बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर लगायको उपस्थिति रहेको थियो । साथै निमित्त प्रदेश प्रमुख सचिव कुमार दाहाल, कानून सचिव राजेन्द्र थापा, प्रशासन सचिव नरेन्द्र राना र उपसचिव कमान थापाको समेत सहभागीता रहेको थियो ।
प्रदेश सरकारले लुम्बिनी विश्वविद्यालय निर्माण, अत्याधुनिक बर्थिङ सेन्टर, श्रममा दक्ष बनाउनको सीप विकास कार्यक्रम, लुम्बिनी प्रदेश र कतार सरकारवीचमा भगिनी सम्मन्धका बारेमा छदफल सकरात्मक भएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वर्माले बताउनुभयो ।