सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिरको दोस्रो हप्ता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आइतबार बसेको बोर्ड बैठकले प्रतियोगिता मंसिर ८ गतेदेखि १५ गतेसम्म गर्ने निर्णय गरेको हो ।

4439_rakhepaपूर्वाञ्चलमा हुने प्रतियोगितामा ३५ वटा खेल समावेश हुने यसअघि नै तय भैसकेको छ । त्यस्तै प्रतियोगिताका लागि २० करोड छुट्याइसकेको छ । प्रतियोगिताका लागि जिल्ला र क्षेत्रीय स्तरको खेल कात्तिकसम्म सक्ने तयारी छ ।

यस्तै १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीका लागि राखेपका सदस्य सचिव केशवकुमार विष्टको संयोजकत्वमा डेस्क बनाउने निर्णय भएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो ।