काठमाडौँ, साउन ३ गते । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएकाले आर्थिक विधेयक पारित नभए मुलुक समस्यामा पर्ने बताउनुभएको छ । साथै, उहाँले व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव पेस भएकाले अहिले नै यो सरकारलाई अल्पमतमा प¥यो भन्दै राजिनामा माग्नु असंवैधानिक हुने बताउनुभयो ।
उहाँले आर्थिक विधेयक पारित नभएर सरकारमात्रै नभई मुलुक नै असफल हुनेसमेत बताउनुभयो । रिपोर्टर्स क्लबले हिजो आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पाण्डेले प्रधानमन्त्रीले संसद् विघटन गर्ने हल्ला निराधार भएको बताउनुभयो ।