काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका कानून व्यवसायीहरु र प्रहरीबीच धकेलाधकेल भएको छ।

सर्वोच्च अदालत परिसरमा भएको धकेलाधकेलका क्रममा नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएका छन्।

घाइते केन्द्रीय सदस्य महर्जनलाइ उपचारका लागि अस्पताल लगिएको छ। कानुन व्यवसायीहरुले आफूहरुमाथि प्रहरीले बल प्रयोग गरेको आरोप लगाएका छन् ।