सुर्खेत, १५ कार्तिक । कर्णाली प्रदेशमा नेकपा समाजवादी पार्टीबाट मन्त्री भएका तीन जना मन्त्रीको पदावधि आजदेखि सकिदै छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमर बहादुर थापाको आज पदाधि सकिन लागेको हो ।

नेकपा एमालेले एमालेमै रहँदा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिए पछि सांसद पदबाट पदमुक्त गरेको थियो ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिए पछि वैशाख ४ गते मन्त्रीमा नियुक्त भएका उनीहरुलाई एमालेले कारबाहीमा गरेपछि फेरि वैशाख १५ गते गैरसांसदका रुपमा मन्त्रीको शपथ लिएका थिए । संसद नभएका व्यक्ति बढीमा छ महिनामन्त्री बन्न पाउने व्यवस्था छ ।