इन्द्रेणी संवाददाता
दाङ, ५ कार्तिक । जिल्ला प्रहरी कार्यालय दाङले लेनदेन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
दाङ देउखुरी जिल्ला अदालतले २०७३ साउन २३ गते लेनदेन मुद्दामा एक वर्ष कैद फैसला सुनाएका घोराही उपमहानगरपालिका १४ बस्ने ३७ वर्षिया मेनुका कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कार्कीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।











